सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  •  उपत्यकामा खानेपानीकाे अभाव

 उपत्यकामा खानेपानीकाे अभाव

1715
Shares
 उपत्यकामा खानेपानीकाे अभाव

काठमाडौँ गत जेठ २७ गते बाढीको जोखिम देखाएर मेलम्ची खानेपानी विकास समितिले पानी वितरण बन्द गरिदिपछि काठमाडौंका उपभोक्तामा निराशा छाएको छ ।

बाढीको जोखिमलाई देखाएर बन्द गरिएको पानी मङ्सिर मध्यसम्म वितरण हुन सकेको छैन ।

गत असार र साउनमा आएको बाढीले मेलम्ची आयोजनाको हेडवक्र्स र मुख्य बाँधसम्म पुग्ने अस्थाई पुल र सडक नै बगाएको छ ।  उपभोक्ताको पीडालाई पदाधिकारीले गम्भीर रूपमा नलिएको देखिन्छ । काठमाडाै‌का उपभोक्ताले चाँडै पानी आउने आशा मारेका छै्नन् ।

मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको पानी नआउँदा उपत्यकामा पानी वितरणको चाप बढेको छ ।  विकल्पको रूपमा रहेका उपत्यका वरपरको मुहान पनि सुक्दै जान लागेकाले वितरण प्रक्रिया केही प्रभावितसमेत बनेको उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राई ले बताएका छन् ।

काठमाडौँ उपत्यकामा अहिले दैनिक ४७ करोड लिटर पानीको माग छ ।

1715
Shares

ट्रेन्डिङ