सबैको समाचार
बिहिबार, भदौ २५, २०८३
  • होमपेज
  • चुरे दोहनको समस्या सुनाउन २५ दिन हिँडेर काठमाडौं आइपुगे मधेशवासी

चुरे दोहनको समस्या सुनाउन २५ दिन हिँडेर काठमाडौं आइपुगे मधेशवासी

1145
Shares
चुरे दोहनको समस्या सुनाउन २५ दिन हिँडेर काठमाडौं आइपुगे मधेशवासी

काठमाडौं । चुरेक्षेत्र संरक्षणसहित १२ बुँदे माग बोकेर सप्तरीदेखि पैदल यात्रा हिँडेको २३ जनाको टोली २५ औं दिनमा आज काठमाडौं आइपुगेको छ ।

चुरे अतिक्रमण र दोहनले खानेपानीका स्रोत सुक्दै जाँदा आफूहरु काकाकुल हुनु परेको चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल यादव जानकारी दिए ।

चुरेमा भूमिहीनका नाममा भूमाफियाहरुले कब्जा गरिरहेको र त्यसको मार आफूहरुले खेप्नु परेको यादवको भनाइ छ ।

पैदल यात्रामा सहभागीहरूले प्लास्टिक र टिनको भाँडोमा ‘पानीका लागि रुख बचाऊँ, पानी दे सरकार, चुरे र वनको संरक्षण गर’लगायतका नारा उल्लेख गरेका छन् ।

1145
Shares

ट्रेन्डिङ