सबैको समाचार
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नदीमा हाम फालेर एक जना बेपत्ता

नदीमा हाम फालेर एक जना बेपत्ता

2720
Shares
नदीमा हाम फालेर एक जना बेपत्ता

दार्चुला :- दार्चुलास्थित महाकाली नदीमा हाम फालेर एक जना बेपत्ता भएका छन्। जिल्ला सदरमुकाम खलंगास्थित नेपाल-भारत जोड्ने झोलुङ्गे पुलबाट बिहीबार बिहान महाकाली नदीमा हाम फालेर एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहका अनुसार महाकाली नगरपालिका-१ को लास्कु बस्ने ४५ वर्षीय ज्ञानीराम भुल महाकाली नदीमा बेपत्ता भएका हुन्। बिहीबार बिहान भारत जान्छु भन्दै झोलुङ्गे पुलबाट पारीपट्टि पुगेका भुलले फर्किएर पुलको बीच भागबाट नदीमा हाम फालेको खबर प्राप्त भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ता भुलको खोजी कार्य गरिरहेको छ। सुरक्षा स्रोतकाअनुसार खलंगाबाट भारतीय बजार धारचुला जाँदै गरेका भुलसँग भारतीय सीमा सुरक्षा बल एसएसबीले पहिचान खुल्ने कागजपत्र मागेका थिए तर परिचय खुल्ने कागजपत्र साथमा नभएपछि एसएसबीले नेपालतर्फ फर्काएको थियो। एसएसबीले फर्काएपछि भुलले महाकालीमा हाम फालेका थिए।

2720
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका