सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • धुलिखेल नगर सभाको दशौ अधिबेशनद्वारा पारित यी हुन् तीन विधेयक

धुलिखेल नगर सभाको दशौ अधिबेशनद्वारा पारित यी हुन् तीन विधेयक

4595
Shares
धुलिखेल नगर सभाको दशौ अधिबेशनद्वारा पारित यी हुन् तीन विधेयक

 

काभ्रे : धुलिखेल नगरपालिकाको दशौ अधिबेशनको दोस्रो नगर सभा बैठकले तीनवटा विधेयक पारित गरेको छ ।

आज सभाहलमा भएको छलफलले तीन वटा विधेयक पारित गरेको नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले जानकारी दिनुभयो ।

नगरसभाले राजपत्र प्रकाशन सम्बन्धि विधेयक २०७८, नगरपालकाको पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७८ र आम सञ्चार विधेयक २०७८ सर्वसम्मत पारित गरेको हो ।

आम सञ्चार विधेयक २०७८ लाई विशेष महत्वका साथ हेरिएको छ ।

पत्रकारिता क्षेत्रको संस्थागत विकास र श्रमजीवी पत्रकारको हितका लागि पत्रकार कल्याणकारी कोष स्थापना र सञ्चालन गर्न, उक्त कोषमार्फत जेष्ठ पत्रकार सम्मान वृत्ति, श्रमजीवी पत्रकार छात्रवृत्ति, तालिम, पत्रकार लेखन वृत्ति तथा पुरस्कार र पत्रकार बिमा सञ्चालन गरिने नगरप्रमुख ब्याञ्जुले बताउनुभयो ।

धुलिखेल नगरपालिकाले हालसम्म ८५ वटा भन्दा धेरै नियमावली, कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएको छ ।

 

4595
Shares

ट्रेन्डिङ