सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • बैंकिङ कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

6465
Shares
बैंकिङ कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले उच्च अदालत पाटनको फैसलाअनुसार जरिबाना र कैद सजाय तोकिएका दुई अभियुक्तलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महोत्तरी घर भई ललितपुर बस्ने २८ वर्षीय गौरभ शर्मा र धादिङ घर भई काठमाडौंको मनमैजु बस्ने ३१ वर्षीय प्रेमबहादुर गुरुङ रहेका छन् ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कैद तथा जरिबाना ठहर भएका शर्मा र गुरुङलाई बालुवाटारबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका शर्मालाई अदालतले ११ दिन कैद सजाय र ५५ लाख जरिबाना तथा गुरुङलाई नौ लाख ९० हजार जरिबाना तथा दुई दिन कैद सजाय हुने फैसला गरेको थियो ।

6465
Shares

ट्रेन्डिङ