सबैको समाचार
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • बा/आमाहरु संग संगै रहेको सन्देश दिन यो अभियान :- वडा अधक्क्ष गौतम

बा/आमाहरु संग संगै रहेको सन्देश दिन यो अभियान :- वडा अधक्क्ष गौतम

बृद्ध बृद्धा बा र आमालाई छाता र लौरो उपहार :- बा /आमामा खुशी

155
Shares
बा/आमाहरु संग संगै रहेको सन्देश दिन यो अभियान :- वडा अधक्क्ष गौतम

पुजन धिताल / काभ्रे : जिल्लाको सदरमुकाम सम्म रहेको धुलिखेल नगरपालिका वडा न ८ भट्टीडाडा , पर्यटकीय क्षेत्र हो। सोहि क्षेत्रमा बसोबास गर्ने बृद्ध बृद्धालाई हिडडुलमा साहयता पुर्याउने उदेस्यले धु लिखेल वडा न ८ का २०० जना बा / आमालाई छाता ,लौरो र रुद्राक्क्ष मालाले सम्मान गरिएको हो।

जेष्ठ नागरिकको सम्मान , हाम्रो सभ्यताको पहिचान भन्ने नाराका साथ् काभ्रेको धुलिखेल नगरपालिका वडा न -८ का वृद्ध बृद्धालाई वडा कार्यालयले हिड्डुलको सहजताको समान दिदा खुसिको सिमानै रहेन। छाता र लौरो पाउदा बा / आमाको ओठको मुस्कान देख्दा कस्को मन प्रफुल्ल नहोला र ? समान र सम्मान पाएका बा / आमा ले वडा कार्यालय र वडा अधक्क्षलाई धन्यबाद दिदै मुस्कान सहित वडाबाट बाहिरिएका थिए।

उमेरले ८४ पुग्ने लाग्नु भएकी ज्ञानु कुमारी गौतमले वडा कार्यालयले यसरी छाता , लौरो आदि सहयोग गर्दा पानि पर्दा छाता ओड्न पाउने र टेक्नलाई लौरो पाउदा अत्यन्तै खुशी ब्यक्त गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रम गर्न सुझाब ब्यक्त गर्नु भयो।

तेस्तै उमेरले ७८ पुगेका सिम पोखरीका मान नाथ गौतम पनि वडा कार्यालयले गरेको सम्मानमा खुशी ब्यक्त गर्दै आगामी दिनमा समेत यस्ता कार्य गर्दै जानु पर्नेमा जोड दिनु भयो। वडा न ८ निवासी कर्म धोज पनि उमेरले ७३ भैसकेका छन्। उनि पनि धाम पानिमा ओड्न काम लाग्ने बस्तुपाउदा खुशी ब्यक्त गरे। ७८ वर्षीय नन्दी केशर न्यौपाने पनि अहिले सम्म नपाएको बस्तु पाउदा आवस्यक रहेको चिज पाउदा सहज भएको बताउदै वडा अधक्क्षलाई धन्यबाद ब्यक्त गर्दछु।

बृद्ध बा / आमाहरुलाई सामाजिक सुरक्षा भत्ता लिन जादा होस् तथा अन्य कार्यका लागी निस्कदा समेत सामान्य लौरो बोकेको देक्दा नमज्जा लागेर यो कार्यको थालनी गरेको जानकारी दिदै। बृद्ध बृद्धाहरु २०० जनालाई तिन दिन गरेर , एक वडा कै ३ स्थानमा वितरण कार्यक्रम राखेको धुलिखेल वडा न ८ का वडा अधक्क्ष विनोद गौतमले जानकारी दिनु भयो। आज बाट प्रारम्भ कार्यक्रम ११ गते सम्म चल्ने छ। बा आमा संग संगै छौ भन्ने सन्देश दिनका लागी समेत यो कार्यको थालनी गरेको वडा अधक्क्ष गौतमको दाबि थियो ।

समाजका सबैखाले नागरिकलाई केन्द्रमा राखेर कार्य गर्नु पर्ने जनप्रतिनिधीहरु सबैले जनमुखी र सबै उमेर समूहका लागि यी र यस्तै खालका कार्यको प्रारम्भ गर्न सकेमा मात्र जनताले खोजेको जस्तै कार्यक्रम तय हुने थिए।

155
Shares

ट्रेन्डिङ