सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कुलमानलाई ‘बेष्ट कन्ट्रिब्युटर इन द इन्फ्रास्ट्रक्चर’को अवार्ड

कुलमानलाई ‘बेष्ट कन्ट्रिब्युटर इन द इन्फ्रास्ट्रक्चर’को अवार्ड

2870
Shares
कुलमानलाई ‘बेष्ट कन्ट्रिब्युटर इन द इन्फ्रास्ट्रक्चर’को अवार्ड

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरणको प्रमुखका रुपमा पद सम्हालेको ५ महिनामै  ‘बेष्ट कन्ट्रिब्युटर इन द इन्फ्रास्ट्रकस्चर अफ दि एयर’ बाट सम्मानित भएका छन् । उनले गत असोजको सुरुवातमा प्राधिकरणमा कार्यकारीका रुपमा नियुक्ति बुझेका थिए ।
नेपाल उद्योग परिसंघले उनलाई प्राधिकरणमा काम सम्हालेको छोटो समयमै पूर्वाधार विकासका लागि लिएको पहलकदमीलाई उत्साहजक भएको भन्दै सम्मान गरेको हो । काठमाडौंमा जारी पूर्वाधार सम्मेलनमा घिसिङ वर्षकै पूर्वाधारमा सबैभन्दा राम्रो योगदान दिने ब्यक्तित्वका रुपमा सम्मानित भएका हुन् ।
घिसिङले प्राधिकरण अन्तरगत निर्माण भइरहेका चमेलिया, कुलेखानी ते्रस्रो र माथिल्लो तामाकोशी लगायतका आयोजनाको निर्माणको गति बढाउन ठूलो भूमिका निभाएका छन् । यसैगरी काठमाडौंसहित पोखरा, चितवनमा लोडसेडिङ हटाएर उनले पूर्वाधारमा लगानीका लागि वातावरण तयार गर्न नेतृत्वदायी भूमिका खेलेको परिसंघको ठहर छ ।
ऊर्जा सकंट बेहोरिरहेको मुलुकमा आफ्नो कुशल ब्यवस्थापनको माध्यमबाट कुलमानले पूर्वाधारमा लगानी बढाउन निजी तथा सरकारी क्षेत्रलाई उत्प्रेरितसोत गरेका छन् ।

2870
Shares

ट्रेन्डिङ