सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • आज मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनको आगामी रणनीतिका बारेमा छलफल हुने

आज मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनको आगामी रणनीतिका बारेमा छलफल हुने

6955
Shares
आज मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनको आगामी रणनीतिका बारेमा छलफल हुने

काठमाडौं, २८ जेठ : मन्त्रिपरिषद बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने बैठकमा लकडाउनको आगामी रणनीतिका बारेमा छलफल हुने बताइएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि नेपालभर लकडाउन गरिएको छ ।

लामो समयदेखिको लकडाउनले अधिकांशको जीविकोपार्जनमा समस्या भएपछि लकडाउनलाई क्रमशः खुकुलो बनाउने नीति सरकारले लिएको छ ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषदमा बुझाइसकेको छ ।

दुई हप्ताको एक चरण गरी पाँच चरणमा लकडाउन क्रमशः खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । यसअघि कोरोना क्राइसिस म्यानेजमन्ट सेन्टर (सीसीएमसी) ले ६ चरणमा लकडाउन खुकुलो गर्ने गरी प्रस्ताव बुझाएको थियो ।

6955
Shares

ट्रेन्डिङ