सबैको समाचार
आइतवार, भदौ २८, २०८३
  • होमपेज
  • भूकम्पमा रुकुमपश्चिममा बाहिरका तीन जनाको मृत्यु

भूकम्पमा रुकुमपश्चिममा बाहिरका तीन जनाको मृत्यु

1845
Shares
भूकम्पमा रुकुमपश्चिममा बाहिरका तीन जनाको मृत्यु

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्‍याग्निच्यूडको भूकम्पमा जिल्ला बाहिरका तीन व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुई जना बर्दियाका र एक जना रोल्पाका व्यक्ति हुन् । कामको सिलसिला रुकुमपश्चिमको आठबीसकोट नगरपालिकमा रहेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए ।

मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय खड्क विक र बर्दियाकै ३६ वर्षीय अनिल विक रहेका छन् । उनीहरुको आठबीसकोट–१४ को छेपारेमा मृत्यु भएको हो । त्यस्तै रुकुमपूर्व बस्दै आएका रोल्पाका ३० वर्षीय किस्मत पुनमगरको पनि भूकम्पमा परी मृत्यु भएको छ ।

रुकुमपश्चिममा भूकम्पमा परी तीन जना जिल्ला बाहिरकासहित ५२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

1845
Shares

ट्रेन्डिङ