सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बनेपाका स्कुले बालबालिकामा कोरोना संक्रमण देखिएको हल्ला मात्रै

बनेपाका स्कुले बालबालिकामा कोरोना संक्रमण देखिएको हल्ला मात्रै

7545
Shares
बनेपाका स्कुले बालबालिकामा कोरोना संक्रमण देखिएको हल्ला मात्रै

काभ्रे, ३ बैशाख:  हालसम्म बनेपा नगरपालिकाका कुनै पनि स्कुलका बालबालिकामा कोरोना संक्रमण नदेखिएको अधिकारीहरुले बताएका छन् । जिल्लामा कोरोना संक्रमितको तथ्याङ्क सार्वजनिक गर्ने आधिकारिक निकाय स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र झाले अहिलेसम्म बनेपाका कुनै पनि स्कुलमा पढ्ने बालबालिकामा कोरोना संक्रमण देखिएको जानकारी आफुले नपाएको बताउनुभयो ।

बनेपा नगरपालिकाका स्वास्थ्य सह संयोजक महेश्वर श्रेष्ठले पनि नगरपालिकाभित्रका कुनै पनि स्कुलका बालबालिकामा कोरोना संक्रमण देखिएको बारे आफुहरुलाई जानकारी नभएको बताउनुभयो । काभ्रे जिल्लामा दोस्रो चरणमा अहिलेसम्म ठूलो संख्यामा कोरोना परीक्षण समेत हुन सकेको छैन ।

बनेपा नगरपालिकाले कोरोना भाइरसको लक्षण देखिएको जानकारी गराउने ब्यक्तिहरुका लागि नगरपालिकामै प्रत्येक हप्ताको मंगलबार र शुक्रबार स्वाब संकलन गर्ने र परामर्श दिने ब्यवस्था मिलाएको छ । तर अहिलेसम्म कुनै पनि स्कुलबाट स्वाब संकलनको लागि जानकारी नआएको र परीक्षण पनि नगरिएको सह संयोजक श्रेष्ठको भनाई छ । बनेपा नगरपालिकाले कोभिड परामर्शका लागि छुट्टै डाक्टरको समेत ब्यवस्था गरेको छ ।

7545
Shares

ट्रेन्डिङ