सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • रुसमा जाने कामदारलाई श्रम स्वीकृति खुला,  इजरायलको कृषि क्षेत्रमा कामदार भर्ना स्थगित

रुसमा जाने कामदारलाई श्रम स्वीकृति खुला,  इजरायलको कृषि क्षेत्रमा कामदार भर्ना स्थगित

1290
Shares
रुसमा जाने कामदारलाई श्रम स्वीकृति खुला,  इजरायलको कृषि क्षेत्रमा कामदार भर्ना स्थगित

काठमाडौँ । वैदेशिक रोजगार विभागले रुसमा जाने कामदारलाई श्रम स्वीकृति खुला गरेको छ । 

गत पुस १९ मा रुस जाँदा हुन सक्ने थप क्षतिलाई न्यूनीकरण गर्न अर्को व्यवस्था नभएसम्म श्रम स्वीकृति दिन बन्द गरेको थियो । त्यसअघि नै रुसी सेनामा नेपाली भर्ती सम्बन्धमा अध्ययन गर्न श्रम मन्त्रालयले मंसिर १४ मा अध्ययन टोली गठन गरेको थियो । टोलीले श्रम स्वीकृति लिई गएकाहरू रुसी सेनामा भर्ती नभएको प्रतिवेदन बुझाएको थियो ।

यसैगरी , विभागले म्यानपावर कम्पनीबाट इजरायलको कृषि क्षेत्रमा कामदार भर्ना प्रक्रिया भने स्थगित गरेको छ । विभागले म्यानपावर कम्पनीबाट इजरायलको कृषि क्षेत्रमा कामदार भर्ना प्रक्रिया भने स्थगित गरेको छ । 

पहिलो पटक कृषि क्षेत्रमा दुई सय जना कामदार पठाउनका लागि छनोट गर्न काठमाडौं इन्टरनेसनल इन्कर्पोरेट प्रालिलाई अनुमति दिएको थियो । त्यसमा पनि रोक लगाइएको छ । इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाई व्यक्ति, संस्था तथा समूहले गैरकानुनी रूपमा रकम उठाएमा जानकारी दिनसमेत विभागले अनुरोध गरेको छ ।

1290
Shares

ट्रेन्डिङ