सबैको समाचार
आइतवार, असार १६, २०८१
  • होमपेज
  • पहिरोले घर भत्किँदा दुई जनाको मृत्यु

पहिरोले घर भत्किँदा दुई जनाको मृत्यु

100
Shares
पहिरोले घर भत्किँदा दुई जनाको मृत्यु

कास्की । मङ्गलबार रातिबाट परेको वर्षाका कारण घर भत्किँदा कास्कीमा दुई जनाको मृत्यु भएको छ ।

कास्कीको मादी गाउँपालिका वडा नम्बर ५ चितेपानीमा घरले घर भत्किँदा १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको हो ।  राति करिब पौने २ बजेतिर घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेको बेला आयुश्मा रानाभाटको मृत्यु भएको हो । हजुरआमा ७० वर्षीय लालमाया बञ्जारालाई सकुशल उद्धार गरिएको छ ।

यसैगरी , वर्षाका कारण पोखरा महानगरको वडा नम्बर २७ आरु पाटामा एक बालकको ज्यान गएको छ । बिहान ३ बजेतिर हरि सुनारको घर भत्किँदा  उनका तीन वर्षीय छोरा अनमोलको मृत्यु भएको हो । अनमोलकी आमा २७ वर्षीया रितु सुनारलाई घाइते अवस्थामा उद्धार गरी गण्डकी मेडिकल कलेज लगिएको छ ।

मनसुनी वर्षा सक्रिय भएपछि मङ्गलबार रातिबाट लगातार भारी वर्षा भइरहेको छ । वर्षाका कारण नदीका सतहहरू बढेका छन् ।

100
Shares

ट्रेन्डिङ