सबैको समाचार
आइतवार, भदौ २८, २०८३
  • होमपेज
  • ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

4355
Shares
ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

मार्तडी, पुस २८ः बडीमालिका नगरपालिका–९ चौराटी खेतमा गएराति ट्याक्टर दु’र्घटना हुँदा एक जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–४ छापुका ६० वर्षीय धननाथ योगी रहेका छन्। उनको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय बाजुराका प्र’हरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।

उनका अनुसार खाली रहेका ग्यासका सिलिण्डर बोकेर तिपाडा जाँदै गर्दा चौराटी खेत नजिकै दु’र्घटनामा परी घा’इते भएका योगीको उपचारका क्रममा मृत्यु भएको हो। ट्याक्टर दु’र्घटना हुँदा सडकभन्दा १०० मिटर तल खसेको प्र’हरी निरीक्षक ठगुन्नाले जानकारी दिए ।

ट्याक्टर चालक भने फरार रहेको प्र’हरीले जनाएको छ । ट्याक्टरको नम्बर प्लेट नभएकाले फरार रहेका चालकको खोजी कार्य भइरहेको प्र’हरीले जनाएको छ । रासस

4355
Shares

ट्रेन्डिङ