सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • तेलको मूल्य बढ्नुको कारण दिन आनाकानी

तेलको मूल्य बढ्नुको कारण दिन आनाकानी

6105
Shares
तेलको मूल्य बढ्नुको कारण दिन आनाकानी

काठमाडौं, माघ १ः वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दिएको निर्देशनअनुसार अझै केही उद्योगीले खाने तेलको मूल्य बढ्नुको कारणसहितको विवरण पेस गर्न आनाकानी गरेका छन् । विभागले एक साताअघि तेल उद्योगीसँग छलफल गरेर मूल्य बढ्नुको कारण पेस गर्न निर्देशन दिएको थियो ।

पछिल्लो एकरडेढ महिनाको अवधिमा खाने तेलमा ३० प्रतिशतसम्म मूल्यवृद्धि भएपछि विभागले उद्योगीलाई यस्तो निर्देशन दिएको थियो । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार गत मङ्सिरसम्म घ्यू र तेल १३.०१ प्रतिशत महँगो भएको देखिएको छ ।

विभागका अनुसार विभागले नेपालमा सञ्चालित १७ वटा तेल उद्योगलाई तीन दिनभित्र मूल्य बढ्नुको कारणसहितको विवरण बुझाउन निर्देशन दिएकोमा अहिलेसम्म ११ वटा मात्रै बुझाएका छन् । यस्तै बाँकी छवटालाई यही शुक्रबारसम्म विचार गरिने विभागले जनाएको छ ।

उद्योगीले तेल उत्पादनका लागि कच्चा पदार्थ विदेशबाट ल्याउनुपर्ने र त्यो बढेर आएकाले तेलको मूल्य बढाउनुपरेको बताउँदै आएका छन् । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले विभागबाट तेलको विषयमा नियमित अनुगमन पनि भइरहेको र सबै विवरण आएपछि सबै मसिनो गरेर चित्त बुझ्दो नभेटिए कारबाही हुने बताए ।

उनले विदेशबाट ल्याएर मूल्य राख्दा कतै गलत भएको छ कि भन्ने विषय झट्टै भनिहाल्न नसकिने हुँदा समय लाग्ने सक्ने र अस्वाभाविक बढाएको भए पाइए कानुनअनुसार अगाडि बढ्ने बताए ।

विभागका अनुसार अहिलेसम्म स्वस्तिक, शिवशक्ति, सुशील वनस्पति घ्यू, अमृत गणपति कुकलगायतका ११ वटा तेल ब्रान्डका उद्योगीले भाउ बढ्नुको विवरण पेस गरेका छन् ।

उद्योगीले पेस गरेका विवरणमा तेलको कच्चा पदार्थ बढेर मात्रै भनेर नपुग्ने भन्दै उनले भन्नुभयो, कच्चा पदार्थमा बढेको परिणाम, तेल उत्पादन लागतमा बढेको परिणाम र तेलको मूल्य मिल्नु पर्छ ।

महानिर्देशक सुवेदीले विभागले दैनिक चारवटा टोली बनाएर काठमाडौँ उपत्यकामा अनुगमनलाई निरन्तरता दिएकाले बजारमा मनोमानी गर्नेलाई हामी जुनसुकै बेला पनि कडा कारबाही गर्ने दाबी गरे । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

6105
Shares

ट्रेन्डिङ