सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • विवाद बढ्दै गएपछि कर्फ्यु

विवाद बढ्दै गएपछि कर्फ्यु

1760
Shares
विवाद बढ्दै गएपछि कर्फ्यु

सर्लाही :- सर्लाही सदरमुकाम मलङ्गवामा शनिबार साँझ ५ बजेबाट कर्फ्यु आदेश जारी गरिएको छ। कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गर्नेक्रममा भएको विवाद बढ्दै गएपछि स्थानीय प्रशासनले मलङ्गवा बजारक्षेत्रमा आइतबार बिहान ८ बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेको हो।

प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले बाक्लोगरी सुरक्षाकर्मी परिचालन गरेको छ। प्रदर्शन नरोकिएपछि कफ्र्यू आदेश जारी गरी कुनै प्रकारको प्रदर्शन, जुलुस, भेलालगायत मानिसको जमघट हुने गतिविधि निषेध गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। शुक्रबार राति झडप रोक्न प्रहरीले १६ सेल अश्रुग्याँस र एक राउण्ड हवाई फायर गरेको थियो ।

शनिबार फेरि प्रदर्शन चर्किएपछि प्रहरीले दिनभर नै पटक–पटक अश्रुग्याँस प्रहार गरेको छ। मलङ्गवास्थित नगरपालिका चोक, मुख्यबजार क्षेत्रसहित भित्री बस्ती र सडकमा समेत प्रदर्शन र ढुङ्गामुढा भएपछि त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको हो।

1760
Shares

ट्रेन्डिङ