सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आखेटोपहार र ब’न्दुकसहित पाँच प’क्राउ

आखेटोपहार र ब’न्दुकसहित पाँच प’क्राउ

3090
Shares
आखेटोपहार र ब’न्दुकसहित पाँच प’क्राउ

डोल्पा, माघ ३ः डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु जस्तो देखिने आखेटोपहार र भरुवा ब’न्दुकसहित पाँच जना प’क्राउ परेका छन् ।

चोरी शि’कारी नियन्त्रण एकाइले त्रिपुरासुन्दरी नगरपालिका–११ बाट उनीहरुलाई प’क्राउ गरी निकुञ्ज कार्यालय सुलिगार्ड ल्याएको हो । स्थानीयवासीका अनुसार प’क्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–११ का मनबहादुर बुढा, चन्द्रप्रसाद बुढा, वडा नं ७ का गोकर्ण बुढा, चन्द्र केसी र सूर्यबहादुर बुढा छन् ।

उनीहरुबाट दुई थान भरुवा बन्दुक, ५० थान गो’ली, दुई डिब्बा बा’रुद, बा’रुद भरिएको वन्यजन्तुको जस्तो देखिने दुई सिङ, कस्तुरीको दाराजस्तै देखिने छ वटा, ब’न्दुकको केपको बट्टा, संरक्षित वन्यजन्तु कस्तुरी जस्तो देखिने दुईवटा खुट्टा, पासोमा प्रयोग गरिने १४ थान तारलगायत सामग्री बरामद गरिएको निकुञ्जका वार्डेन सरोजमणि पौडेलले जानकारी दिए ।

प’क्राउ परेका सबैलाई हिरासतमा राखी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको उहाँको भनाइ छ । निकुञ्जले यसभन्दा अगाडि पनि ३६ थान भरुवा ब’न्दुक, एक थान कटुवा पे’स्तोल, इन्सास राइफलका गो’ली पनि बरामद गरेको थियो ।

भौगोलक कठिनाइ, विशाल भूगोल, न्यून जनशक्ति र अत्यधिक चिसोका बाबजुद पनि निकुञ्जले चो’री शि’कारी नियन्त्रण कार्यलाई निरन्तरता दिइरहेको छ । पछिल्लो समय वन जङ्गल, वन्यजन्तु र प्राकृतिक सम्पदा संरक्षणका लागि निकुञ्जले स्थानीयवासीसँग समन्वयकारी भूमिका खेल्दै आएको छ । रासस

3090
Shares

ट्रेन्डिङ