सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • झापामा सम्भावित मतदान स्थलको अनुगमन

झापामा सम्भावित मतदान स्थलको अनुगमन

4585
Shares
झापामा सम्भावित मतदान स्थलको अनुगमन

झापा, माघ ५ः सरकारले २०७७ वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेसँगै झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थल र केन्द्रहरुको अनुगमन सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको संयोजकत्वमा गठित जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले आइतबारदेखि अनुगमन सुरु गरेको हो ।

समितिले विर्तामोड, अर्जुनधारा, दमक, शिवसताक्षी नगरपालिका, कमल र बाह्रदशी गाउँपालिकाका मतदान स्थल र केन्द्रको अनुगमन गरिसकेको समितिका संयोजक तथा प्रजिअ तिम्सिनाले बताए । समितिमा राजनीतिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुख र निर्वाचन अधिकारी, पालिकाका प्रमुख छन् ।

उनले विगतमा झापामा २८३ मतदान स्थल र ६९२ मतदान केन्द्र रहेकामा यस पटक केही थप हुने बताए । विगतमा एउटै मतदान स्थलमा आठ वटासम्म मतदान केन्द्र हुने गरे पनि यस पटक सातभन्दा बढी राख्न नमिल्ने उनको भनाइ थियो ।

सबै पालिकाका मतदातालाई सहज हुने गरी मतदान स्थल र मतदान केन्द्र थपका लागि केन्द्रमा सिफारिस गरिने प्रजिअ तिम्सिनाले बताए । मतदान स्थल र केन्द्र थपका लागि राजनीतिक दल र स्थानीय तहसँग छलफलसमेत भइरहेको उनको भनाइ छ । रासस

 

4585
Shares

ट्रेन्डिङ