सबैको समाचार
बुधबार, असार ३, २०८३
  • होमपेज
  • जनगणनामा सबै प्रश्न अनिवार्य

जनगणनामा सबै प्रश्न अनिवार्य

6980
Shares
जनगणनामा सबै प्रश्न अनिवार्य

काठमाडौं, माघ २०ः आगामी २०७८ साल जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने जनगणनामा सबै प्रश्न सबै घरका लागि सोधिने भएको छ । यसअघिका जनगणनामा भने केही प्रश्नहरू नमुनाका रूपमा सोधिन्थ्यो । २०७८ मा भने सबै प्रश्न सबै घरलाई सोध्न लागिएको हो ।

यसअघिका जनगणनामा पूर्णगणनाका साथै नमुना छनोट विधि पनि थियो तर यस वर्ष नमुना छनोट विधि नगरी सबै प्रश्न सबै घरलाई सोध्न लागिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले २०६८ सालको जनगणनामा जनसाङ्खिक विवरण सबै घरमा सोधिएको थियो तर आर्थिक क्रियाकलापसम्बन्धी प्रश्न, प्रजनन, बसाइँसराइ, सेवा सुविधाको पहुँच लगायतका प्रश्न प्रत्येक आठ घर बराबर एक घरमा सोधिन्थ्यो तर यसपटक उक्त प्रश्न सबै घरमा सोध्न लागिएको बताए ।

यस अगाडिको जनगणनाको नमुना सर्वेक्षणबाट जिल्लागत तथ्याङ्क आए पनि वडागतको पूर्णतथ्याङ्क आउँदैन थियो भन्दै श्रेष्ठले भन्नुभयो, “देश सङ्घीयतामा गइसकेपछि प्रत्येक वडातहसम्मको सबै तथ्याङ्क आवश्यक पर्ने र सोहीअनुसार नीति र योजना बनाउन सहयोग पुग्ने भएकाले यस वर्ष नमुना छनोट विधि हटाएर सबै प्रश्न सबै घरका लागि सोध्न लागिएको हो ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छापेको छ ।

6980
Shares

ट्रेन्डिङ