सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • विश्व सिमसार दिवसमा सात तलाउको नामाकरण

विश्व सिमसार दिवसमा सात तलाउको नामाकरण

6110
Shares
विश्व सिमसार दिवसमा सात तलाउको नामाकरण

सिद्धार्थनगर, माघ २१ः विश्व सिमसार दिवसका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रका विभिन्न सात तलाउको नामाकरण गरिएको छ । अग्रज प्रकृति संरक्षणकर्मीका नामबाट ती तलाउको नामाकरण गरिएको विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले जानकारी दिए ।

पानी, सिमसार र जीवनबीचको सम्बन्धबारे प्रकाश पार्दै उनले प्रकृति संरक्षणको क्षेत्रका विद्वानहरूको स्मृतिमा सातवटा सिमसारको नामाकरण गरेको घोषणा गरिएको बताए । उनका अनुसार प्रकृतिविद् स्व. हर्क गुरुङ, डा. चन्द्र गुरुङ, डा. मिङ्मा नर्बु शेर्पा, हरिशरण नेपाली काजी, डा. तीर्थमान मास्के, डा. जर्ज अर्चिबल्ड र डा. घन गुरुङ सिमसार भनेर नाम घोषणा गरिएको छ ।

डा. घनश्याम गुरुङ हाल विश्व वन्यजन्तु कोष नेपालको निर्देशक छन् भने हर्क, चन्द्र, तीर्थ, नर्बु, हरिशरण र जर्ज अर्चिबल्डको १४ वर्ष पहिले ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो ।

सो अवसरमा लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातवरणमन्त्री लीला गिरीले प्रकृति संरक्षणका लागि प्रदेश सरकार स्पष्ट योजनासहित अघि बढ्ने बताए । उनले लुम्बिनी प्रदेशको प्रकृति संरक्षण र जैविक विविधताका लागि योजनाबद्ध काम गरिरहेको बताए ।

सो अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति प्रा. डा. हृदयरत्न बज्राचार्यले बुद्ध दर्शनसँग सम्बन्ध राख्ने सारसको संरक्षण र सिमसारको संवद्र्धनका लागि विश्वविद्यालय सहकार्य गर्न तयार रहेको बताए । विश्व वन्यजन्तु कोषका नेपाल निर्देशक डा. घनश्याम गुरुङले सिमसार र प्रकृति संरक्षणका लागि अग्रजहरुको सम्मानमा सिमसारको नामाकरण गरिनु महत्वपूर्ण रहेको बताए । रासस

 

6110
Shares

ट्रेन्डिङ