सबैको समाचार
आइतवार, असार ९, २०८१
  • होमपेज
  • बेहोस अवस्थामा भेटिएका श्रीमान्-श्रीमतीको मृत्यु

बेहोस अवस्थामा भेटिएका श्रीमान्-श्रीमतीको मृत्यु

95
Shares
बेहोस अवस्थामा भेटिएका श्रीमान्-श्रीमतीको मृत्यु

काठमाडौं । जावलाखेलमा अर्धबेहोस अवस्थामा भेटिएका एक दम्पतीको मृत्यु भएको छ ।

दुवै जना शुक्रबार राति साढे ८ बजे आफ्नै कोठामा अर्धबेहोस अवस्थामा फेला परेपछि प्रहरीले उपचारको लागि पाटन अस्पताल पुर्‍याएको थियो ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भई ललितपुरको जावलाखेल बस्ने २५ वर्षीय उमेर सेन्चुरी र उनकी श्रीमति २५ वर्षकै रेणु सेन्चुरी रहेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

95
Shares

ट्रेन्डिङ