सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • ज्योति लाइफको आईपीओ खुल्यो

ज्योति लाइफको आईपीओ खुल्यो

5885
Shares
ज्योति लाइफको आईपीओ खुल्यो

काठमाडौं, फाल्गुन २१ः ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबारदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले एक सय अङ्कित मूल्यका ६६ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । यसमध्ये तीन लाख ३० हजार कित्ता कर्मचारीलाई, तीन लाख ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधरणका लागि छुट्याएको छ ।

कम्पनीको जारी पुँजी २ अर्ब २० करोड रुपियाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ चालू आवमा १३५.२६ रुपियाँ र प्रतिसेयर आम्दानी १२.२० रुपियाँ रहने प्रक्षेपण गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।

5885
Shares

ट्रेन्डिङ