सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • पर्यटकीय नगरी पर्साको ठोरीमा ठोरी कृषि तथा सास्कृतीक महोत्सव २०७७ हुने

पर्यटकीय नगरी पर्साको ठोरीमा ठोरी कृषि तथा सास्कृतीक महोत्सव २०७७ हुने

8155
Shares
पर्यटकीय नगरी पर्साको ठोरीमा ठोरी कृषि तथा सास्कृतीक महोत्सव २०७७ हुने

चैत ९, २०७७ सोमबार / ऐतिहासिक एवं पर्यटकीय नगरी पर्साको ठोरीमा ठोरी कृषि तथा सास्कृतीक महोत्सव २०७७ हुने भएको छ । चौतारी कृषि सहकारी संस्था लि. ठोरी–४, पर्साको आयोजना यही चैत्र १२ गतेदेखि महोत्सव हुन लागेको हो । ठोरी गाउपालिका वडा नम्बर ४ आठघरेमा हुन लागेको महोत्सव चैत्र २२ गतेसम्म चल्नेछ । ठोरी गाउपालिकाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयोजक समितिका अध्यक्ष निमा लामाले महोत्सवको तयारी तिब्र रुपमा भईरहेको बताउनुभयो ।

‘चैत्र १२ गतेदेखि हुने महोत्सवको तयारी हामिले धमाधम गरिरहेका छौ, महोत्सव भब्य बनाउने हाम्रो योजना छ’ लामाले भन्नुभयो । पत्रकार सम्मेलनमा बोल्दै द लिडका अध्यक्ष बिमल खड्कीले महोत्सव सफल रुपमा सम्पन्न गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । उक्त कार्यक्रमको सञ्चालन प्रदेश मिडिया प्रा.लि सिमराका अध्यक्ष प्रदिप गौतमले गर्नुभएको थियो । द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ विरगञ्ज र मिलन साउण्ड सर्भिस सिमराको सह आयोजनामा हुन लागेको महोत्सवमा प्रदेश मिडिया प्रा.लि सिमरा ईभेन्ट सहयोगी रहेको छ ।

महोत्सवमा ठोरी एक्सप्रेस डटकम, रेडियो विजयवस्ती ९०.१ मेगाहर्ज, ठोरी पर्सा खबर डटकम, सबैको समाचार डटकम, ए वान समाचार डटकम, ए वान टिभि मिडिया पार्टनर रहेको छ । महोत्सवमा कृषि सम्बन्धी स्टलहरु, मनोरञ्जनात्मक बाल उद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, १०० भन्दा बढि व्यापारिक स्टलहरु, खानाका बिभिन्न परिकारहरु, सेल्फी÷टिकटक जोन, ठोरी डान्स आईडल २०७७ समेत रहेको द लिडका अध्यक्ष बिमल खड्कीले जानकारी दिनुभयो ।

8155
Shares

ट्रेन्डिङ