सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • फेवा बैंकको मुनाफामा वृद्धि

फेवा बैंकको मुनाफामा वृद्धि

3545
Shares
फेवा बैंकको मुनाफामा वृद्धि

फेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७३र७४ को दोस्रो त्रैमासमा खुद मुनाफा १८ करोड १५ लाख रुपैयाँ कमाएको छ जुन गत वर्षको तुलनाभन्दा ६४ दशमलव ५४ प्रतिशतले बढेको हो । बैंकले गतवर्षको सोहि अवधिमा मुनाफा ११ करोड २ लाख रुपैयाँ कमाएको थियो ।
१ अर्ब १९ करोड ९९ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडामा ४६ करोड ५५ लाख रुपैयाँ राखेको छ । बैंकको खुद व्याज आम्दानीमा ३८ दशमलव २४ प्रतिशत बढेर ३४ करोड ७८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफामा ६१ दशमलव ८४ प्रतिशतले बढेर २८ करोड ६ लाख रुपैयाँ पुगेको छ ।
बैंकले प्रोभिजनमा २ करोड ६ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १९ दशमलव ५६ प्रतिशतले वृद्धि गरी १२ अर्ब ५९ करोड १ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट बैंकले कर्जामा ११ अर्ब १३ करोड ६६ लाख रुपैयाँ लगानी गरेको छ, जुन गत वर्षको तुलनाभन्दा २६ दशमलव ०४ प्रतिशतले बढेको हो ।

3545
Shares

ट्रेन्डिङ