फेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७३र७४ को दोस्रो त्रैमासमा खुद मुनाफा १८ करोड १५ लाख रुपैयाँ कमाएको छ जुन गत वर्षको तुलनाभन्दा ६४ दशमलव ५४ प्रतिशतले बढेको हो । बैंकले गतवर्षको सोहि अवधिमा मुनाफा ११ करोड २ लाख रुपैयाँ कमाएको थियो ।
१ अर्ब १९ करोड ९९ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडामा ४६ करोड ५५ लाख रुपैयाँ राखेको छ । बैंकको खुद व्याज आम्दानीमा ३८ दशमलव २४ प्रतिशत बढेर ३४ करोड ७८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफामा ६१ दशमलव ८४ प्रतिशतले बढेर २८ करोड ६ लाख रुपैयाँ पुगेको छ ।
बैंकले प्रोभिजनमा २ करोड ६ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १९ दशमलव ५६ प्रतिशतले वृद्धि गरी १२ अर्ब ५९ करोड १ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट बैंकले कर्जामा ११ अर्ब १३ करोड ६६ लाख रुपैयाँ लगानी गरेको छ, जुन गत वर्षको तुलनाभन्दा २६ दशमलव ०४ प्रतिशतले बढेको हो ।