सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • आजको युग सूचना तथा सञ्चार प्रविधिको युग होः सञ्चारमन्त्री गुरुङ

आजको युग सूचना तथा सञ्चार प्रविधिको युग होः सञ्चारमन्त्री गुरुङ

5120
Shares
आजको युग सूचना तथा सञ्चार प्रविधिको युग होः सञ्चारमन्त्री गुरुङ

काठमाडौं, १९ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८’ का अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका छन् ।

‘समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार’ भन्ने मूल नाराका साथ मनाउन लागिएका यस दिवसका अवसरमा सुशासन, दिगो विकास एवम् गरिबी न्यूनीकरणका लक्ष्यहरु हासिल गर्ने मूल उद्देश्य प्राप्तिका लागि सरकारले सो कार्यक्रमलाई पूर्ण रुपमा कार्यान्वयनमा लैजाने सङ्कल्प लिएको उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

सन्देशमा उनले भने, “सूचना प्रविधिमैत्री नेपाल निर्माणका लागि सरकारले अनलाइनबाटै सबै सरकारी सेवा नागरिकलाई प्रदान गर्न ‘नागरिक एप’ सञ्चालनमा ल्याएको छ ।” मन्त्री गुरुङले आजको युग सूचना तथा सञ्चार प्रविधिको युग भएको भन्दै त्यसैले आधुनिक युगको मागअनुसार हरेक क्षेत्रलाई सूचना तथा सञ्चार प्रविधिसँग जोड्दै ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई पूरा गर्ने सरकारको लक्ष्य बताए ।

सन्देशमा सोही लक्ष्य हासिल हुने गरी सरकारले नीतिगत, कानूनी र संरचनागत आधार तयार पारी कार्यान्वयनमा लैजान ‘डिजिटल नेपाल फ्रेमवर्क’ को कार्यक्रमलाई प्रभावकारिताका साथ अघि बढाउने कामलाई तीव्रता दिएको उनले बताए ।

“सूचना प्रविधि क्षेत्रको दुरुपयोग हुन नदिन तथा यसको विकासमा सहज पहुँच पुर्याउन सरकारले सङ्घीय संसद्मा ‘सूचना प्रविधि विधेयक’ पेश गरेको छ”, सन्देशमा उनले भने, “सूचना महामार्ग निर्माण र विस्तारको कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।”

मन्त्री गुरुङले सरकारले सबै स्थानीय तह, वडा कार्यालय, सामुदायिक शिक्षण संस्थाहरु, स्वास्थ्य केन्द्रसम्म सूचना प्रविधि पूर्वाधारको पहुँच सुनिश्चित गर्ने, उपरोक्त स्थानहरुमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पु¥याउने र प्रत्येक स्थानीय तहमा सूचना प्रविधि केन्द्र स्थापना र सञ्चालन गर्ने गरी नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको उल्लेख गर्दै दूरसञ्चार सेवालाई गुणस्तरीय बनाउन फाइभजी परीक्षणको काम अगाडि बढाइएको बताए ।

“साइबर अपराध नियन्त्रण, साइबर सुरक्षा र सरकारी डाटा सेन्टरको सुरक्षा अति संवेदनशील विषय भएकाले यसको सुरक्षामा विशेष ध्यान दिइएको छ”, उनले सन्देशमा भनेका छन् । मन्त्री गुरुङले सूचना तथा सञ्चार प्रविधिको उपयोग गरी कोभिड–१९ बाट सुरक्षित रहन सबैलाई हार्दिक आह्वान गर्दै यस अवसरमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमार्फत मुलुकलाई समृद्ध बनाउने अभियानमा संलग्न राष्ट्रिय÷अन्तरराष्ट्रिय क्षेत्रमा कार्यरत व्यक्ति, सङ्घ, संस्थाहरूप्रति हार्दिक धन्यवादसमेत व्यक्त गरे । रासस

5120
Shares

ट्रेन्डिङ