सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • सगुन विद्या मन्दिरका शिक्षक र विद्यार्थीहरुद्वारा पानी वितरण

सगुन विद्या मन्दिरका शिक्षक र विद्यार्थीहरुद्वारा पानी वितरण

5110
Shares
सगुन विद्या मन्दिरका शिक्षक र विद्यार्थीहरुद्वारा पानी वितरण

काभ्रे :- काभ्रेको नमोबुद्ध नगरपालिका भकुण्डेबेसीमा रहेको सगुन विद्या मन्दिरका शिक्षक र विद्यार्थीहरुले “महाशिवरात्री” को अवसरमा नौबिसेमा अवस्थित “श्री जगवैजेश्वर महादेव त्रीवेणीधाम” मन्दिरमा दर्शन गर्न पाल्नुभएका श्रद्धालु भक्तजनहरुलाइ शुद्ध पिउने पानी वितरण गरेका छन्।

विद्यालयका समस्त शिक्षक, शिक्षिका र विद्यार्थीहरुको सकृयतामा भक्तजनहरुलाइ शुद्ध पिउने पानी वितरण गरिएको छ।

महाशिवरात्रीको अवसरमा “जगवैजेश्वर महादेव” को दर्शन गर्न टाढा टाढा बाट पाल्नुभएका श्रद्धालु भक्तजनहरुलाइ केही सुविधा होस् भन्ने उदेश्यले यस कार्यक्रम सम्पन्न गरिएको विद्यालयले जनाएको छ।

साथै विद्यालयले विद्यार्थीहरूको समग्र सिकाइमा योगदान पुर्‍याउने हरेक सामाजिक कार्यहरूमा सक्रिय रूपमा सहभागीता जनाउने गरेको छ।

5110
Shares

ट्रेन्डिङ