सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • बनेपा नगरवासीको पहिलो रोजाई शान्तिरत्न शाक्य

बनेपा नगरवासीको पहिलो रोजाई शान्तिरत्न शाक्य

24300
Shares
बनेपा नगरवासीको पहिलो रोजाई शान्तिरत्न शाक्य

काभ्रे : आशन्न स्थानिय तहको निर्वाचनमा नगर तथा गाउँपालिकाबाट नेतृत्वका लागि विभिन्न पार्टिहरुमा विभिन्न पदमा आफ्नो दाबी भैरहेको छ ।

यो होडबाजीमा नेपाली काँग्रेसका तर्फबाट बनेपा नगरको नेतृत्वका लागि दाबी गरिरहेका काँग्रेस भित्रका उम्मेद्वार मध्ये बनेपा नगरवासिको पहिलो रोजाईमा शान्तिरत्न शाक्य देखिन्छन् ।

बनेपा कांग्रेस भित्र अहिले नगर प्रमुखको दौडमा रहेका मध्ये शाक्य अनुभव, राजनैतिक यात्रा, व्यावसायीक सफलता तथा राजनैतिक छवीको दृष्टिकोणबाट सबैमाझ रुचाइएका पात्र हुन् ।

बनेपाका चिरपरिचित व्यावसायी स्व.लक्ष्मी रत्न शाक्य र माता स्व. सानु शोभा शाक्य सुपुत्र शान्ति रत्न शाक्यको शैक्षिक योग्यता आई एस सि काठमाडौं भ्याली कलेज (हाल काठमाडौं विश्वविद्यालय) र स्नातक व्यवस्थापन संकायमा काभ्रे बहुमुखी क्याम्पस बाट उतिर्ण रहेको छ ।

३० वर्ष भन्दा बढि नेपाली काँग्रेस तथा भातृ संस्थामा रहेर जिम्मेवारी पुर्वक काम गरेको अनुभव बटुलेका शाक्य पुर्व वडा अध्यक्ष हुन् । शाक्य राजनैतिक अनुभव निकै लामो रहेको छ ।

नेपाली कांग्रेसमा संलग्नता
सदस्यता – नेपाली काँग्रेस बनेपा नगर कार्यसमिति– बि स २०४६
कार्यसमिती सदस्य – नेपाली काँग्रेस बनेपा नगर कार्यसमिति– बि स २०४८
क्षेत्रीय कोषाध्यक्ष – नेपाली काँग्रेस काभ्रे क्षेत्र न २ – बि स २०५२
क्षेत्रीय उपाध्यक्ष – नेपाली काँग्रेस काभ्रे क्षेत्र न २ – बि स २०५७
उपाध्यक्ष – नेपाली काँग्रेस बनेपा नगर कार्यसमिति– बि स २०७२

वडा अध्यक्ष – साविक बनेपा नगरपालिका वडा न ९ : २०५४–२०५९
दोश्रो सम्विधान सभाको निर्वाचन २०७० मा नेपाली काँग्रेस तर्फबाटका उम्मेद्वार सम्विधान सभा सदस्य कन्चन चन्द्र बादेको चुनावी प्रचार प्रसारमा नेतृत्वदायी भूमिका ।
नेपाली काँग्रेसको १० औं महाधिवेशन देखी हरेकमा सकृय सहभागिता ।
संयोजक – पहिलो नेपाली काँग्रेस नगर सभापती सम्मेलन–२०७३, बनेपा– संयोजक

नेता शाक्यले विभिन्न संघ संस्थामा रहेर नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएका छन् ।
बिभिन्न संघ संस्थाहरुमा संलग्नता
अध्यक्ष – बनेपा जुनियार जेसीज सन् १९८७
अध्यक्ष – काभ्रे जेसीज सन् १९९२
राष्ट्रीय उपाध्यक्ष – नेपाल जेसीज सन् १९९४
राष्ट्रीय कार्यकारिणी उपाध्यक्ष – नेपाल जेसीज सन् २०००
राष्ट्रीय अध्यक्ष उम्मेद्वार – नेपाल जेसीज सन् २००४
बिगत १० वर्ष देखी काभ्रे उध्योग वाणिज्य संघको कार्यकारिणी सदस्य एवम् बिशिस्ट आमन्त्रीत सदस्य
सल्लाकार – हृदय रोगा प्रतिस्थान काभ्रे
चार्टर प्रेसिडेन्ट (संस्थापक अध्यक्ष) लाईन्स क्लब अफ माँ चण्डि, बनेपा सन् २०२१
संस्थापक उपाध्यक्ष रोटटी क्लब अफ काभ्रे, बनेपा सन् २००१

नेतृत्वदायी संस्था नेपाल जेसीज अन्तर्गत काभ्रे जेसीजका पुर्व अध्यक्ष समेत रहेका शाक्यले नेपाल जेसीजबाट विभिन्न क्षेत्रमा तालिम लिएका छन् ।

तालिम
अन्तर्राष्ट्रिय प्राइम ग्र्याजुयत ट्रेनरः जेसीज अन्तर्राष्ट्रिय
जेसीज एकडेमिक ग्र्याजुयत, यमगता, जापन्, २०००ः जेसीज अन्तर्राष्ट्रिय

शाक्यले स्वदेश तथा वैदेशीक अनुभव सम्हाली सकेका छन् ।
अन्तर्राष्ट्रिय सभा, सम्मेलनमा सहभागिता
जेसीज अन्तर्राष्ट्रिय क्षेत्रीय सम्मेलन च्याङ्गमाइ, थाइल्याण्ड – सन् १९९०
दक्षिण एसिया लगानी सम्मेलन बेइजिङ्, चिन
जेसीज अन्तर्राष्ट्रिय एकेडेमिक सेमिनार यामागाता, जापान – २०००
अन्तर्राष्ट्रिय मेयर सम्मेलन हिरोशिमा नागासाकि, जापान – २००१
बनेपा नगरको भागइनी नगर सिगात्से नगर तिब्बत भ्रमण सन् १९९९

सकारात्मक सोच लिएर हिड्ने शाक्य आफु सफल भएमा मात्र अरुलाई पनि सफलताको बाटोमा लगाउन सकिने मान्यता राख्दछन् । व्यापारिक घरानाका शाक्य एक सफल व्यावासायी हुन् ।

व्यापार व्यवसाय
प्रवन्ध निर्देशक – धारातिमाता मोटर पार्ट्स्, बनेपा
प्रमुख कार्यकारी – चैत्य लक्ष्मी इन्टरनेशनल प्रा लि
अध्यक्ष्य – माँ चण्डी शुभश्री इण्डष्ट्रीज प्रा लि, धुलिखेल्
अध्यक्ष – ग्रीट इण्भेष्टमेन्ट प्रा लि, बनेपा
कार्यसमिती सदस्य नोवेल बचत तथा ऋण सहकारी संस्था

अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागिता
क्यान्टन मेला ग्वाङ्झाउ, चिन
प्रीन्ट प्याक मेला साँघाई, चिन
ट्रेड एक्स्पो ईउ, चिन
ट्रेड एक्स्पो ग्वाङ्डोङ्, चिन
अटो एक्स्पो दिल्ली, भारत
प्रीन्ट प्याक एक्स्पो दिल्ली, भारत
पेपरेक्स एक्स्पो दिल्ली, भारत
ट्रेड एक्स्पो कोलकता, भारत्
पेपर भियतनाम एक्स्पो, भियतनाम

बैदेशिक भ्रमण
भारत, चिन, जापान, थाइल्याण्ड, सिङ्गापुर, मलेसिया, बाङ्ग्लादेश, युएइ, तर्कि, भियतनाम्, इन्डोनेसिया

स्वस्थ प्रतिस्प्रधामा आफुलाई उभ्याउन चाहने शाक्यले नगर प्रमुखमा आफ्नो दावेदारी प्रस्तुत हुनुले राजनैतिक वृत्तमा सकारात्मक सन्देश प्रभाह गरेको छ भने उनको राजनैतिक झुकाव सेवाबाट अभिप्रेरीत रहेको देख्न सकिन्छ । सफल व्यक्तिबाट सफल नगर बन्ने आशा नगरवासिमा रहेको छ ।

24300
Shares

ट्रेन्डिङ