सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१

आज रातभरि पनि झरी पर्ने

7050
Shares
आज रातभरि पनि झरी पर्ने

काठमाडौं,१४ जेठ : देशभरका धेरै ठाउँमा लगातार झरी परेको छ । धेरै ठाउँमा एक सय मिलिमिटर भन्दा धेरै पानी परेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार इलाम, सप्तरी, महोत्तरी, मकवानपुर, चितवन, नवलपरासी लगायत क्षेत्रमा ठूलो पानी परेको छ ।

नवलपुर, डण्डा, बर्दाघाट र आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टादेखि वर्षा भइरहेको र थप वर्षा हुने देखिएकोले त्यस क्षेत्रमा बाढी आउन सक्ने चेतावनी दिइएको छ । यस्तै सप्तरी, सिरहा र आसपासका जिल्लामा ठूलो वर्षा भएको छ । यी क्षेत्रमा अझै ठूलो वर्षाको सम्भावना रहेका बाढी आउन सक्ने हुँदा नदी आसपासमा बसोबास गर्नेहरूलाई सावधानी अपनाउन भनिएको छ ।

यस्तै लगातारको झरीका कारण पहाडी क्षेत्रमा पनि पहिरो जाने खतरा रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । गएकाे बुधवार (अस्ति) देखि लगातार जसो परेको झरी शनिवार (भोलि) भने रोकिने पूर्वानुमान गरिएको छ ।

काठमाण्डौ उपत्यकामा भोलि बिहान ९/१० बजेदेखि नै पानी पर्न रोकिने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । अन्य क्षेत्रमा भने दिउँसो पछि वर्षा रोकिने उहाँले बताउनुभयो । पर्सी आइतवार र सोमवार पानी नपरे पनि मङ्गलवारदेखि फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

7050
Shares

ट्रेन्डिङ