सबैको समाचार
आइतवार, साउन १७, २०८३
  • होमपेज
  • माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु

माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु

1965
Shares
माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु

मोरङ । मोरङको बेलबारी नगरपालिका–८ भलुवाईमा माटोको ढिस्कोले पुरिएर एक जना महिलाको मृत्यु भएको छ।

आइतबार अपरान्ह सवा ४ बजे बाँसको झ्याङ मुनी माटो खन्ने क्रममा अचानक माटोको ढिस्को माथिबाट खस्दा मोरङको बेलबारी नगरपालिका–१० की २८ वर्षीया सुनीता राजवंशीले घाइते भएकी थिइन्।

माटोको ढिस्कोले पुरेको अवस्थामा देख्नासाथ उनीसँगै माटो खोज्न गएकी गीता राजवंशीले सुनीताको उद्धार गरेकी थिइन्। गम्भीर घाइते उनको नोबेल अस्पताल विराटनगर पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

1965
Shares

ट्रेन्डिङ