सबैको समाचार
आइतवार, अशोज १८, २०८३

मनाइयो संविधान दिवस

4310
Shares
मनाइयो संविधान दिवस

काठमाडौं,असार ३ ;सातौं सविधान दिवस भव्यताका साथ मनाइएको छ। संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित भएकी छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष समारोहलाई सम्बोधन गरेका छन्। कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वय गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। उनले संवाद, सहमति र सहकार्य विकास गर्दै राष्ट्रिय हितका पक्षमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालगायत उच्च पदस्थ अधिकारीहरू सहभागी भएका थिए।

नेपाली सेनाले हेलिकप्टरमा संविधान दिवस, राष्ट्रिय दिवस बाँधिएको ब्यानर बोकेको थियो भने पुष्पवृष्टि पनि गरेको थियो। २०७२ असोज ३ गते संविधान सभाले नेपालको संविधान जारी गरेको थियो।

-सेतोपाटी

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

4310
Shares

ट्रेन्डिङ