सबैको समाचार
सोमवार, असार ८, २०८३
  • होमपेज
  • रक्तचन्दनको तेल बेच्ने काभ्रेका एक सहित १० जना प क्रा उ

रक्तचन्दनको तेल बेच्ने काभ्रेका एक सहित १० जना प क्रा उ

6205
Shares
रक्तचन्दनको तेल बेच्ने काभ्रेका एक सहित १० जना प क्रा उ

 

रक्तचन्दनको तेलको अवैध कारोबारमा संलग्न रहेको अभियोगमा काभ्रेका एक सहित १० जनालाई प्र ह रीले प क्रा उ गरेको छ । उनीहरुलाई रक्तचन्दनको ३३ लिटर सुगन्धित तेलसहित प क्रा उ गरेको हो ।

प क्रा उ पर्नेमा भक्तपुर दुवाकोट बस्ने काभ्रे बनेपा नगरपालिका–४ का ३१ वर्षीय कार्साङ्ग लामा,काठमाडौं बानियाटार बस्ने सिन्धुली हरिहरपुर गाउँपालिका–४ का ५० वर्षीय हेमकुमार श्रेष्ठ, ललितपुर सानुगाउँ बस्ने मकवानपुर गढी गाउँपालिका–१ का नवीन भन्ने ३९ वर्षीय मंगलसिंह लो, काठमाडौं टोखा नगरपालिका–४ बस्ने ३७ वर्षीय ईक्रम श्रेष्ठ छन्।

त्यस्तै काठमाडौं महाराजगन्ज बस्ने खोटाङ हलेसी नगरपालिका–६ का २३ वर्षीय घनश्याम आले मगर, काठमाडौं महानगरपालिका–८ तिलगंगा बस्ने ५१ वर्षीय मदन पोडे, काठमाडौं चावहिल बस्ने खोटाङ हलेसी नगरपालिका–९ का २० वर्षीय जीवन थापा, काठमाडौं सामाखुसी बस्ने तनँहु भानू नगरपालिका–६ का २५ वर्षीय सुदिप थडराई, काठमाडौं महानगरपालिका–१३ छाउनीका ५३ वर्षीय अनिलचरण श्रेष्ठ र सोही ठाउँ घर भएका ५१ वर्षीय अनुपकुमार श्रेष्ठ छन्।

काठमाडौं महानगरपालिका–८ तिलगंगामा रक्तचन्दनको तेल प्रति लिटर ५ लाख रूपैयाँको दरले अ वै ध कारोबार भइरहेको सूचनाका आधारमा महानगरीय अ प रा ध महाशाखाले उनीहरूलाई तेलसहित पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय हात्तीसार काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ।

 

6205
Shares

ट्रेन्डिङ