सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • भैंसी गोठभित्र मृत बाघ फेला

भैंसी गोठभित्र मृत बाघ फेला

505
Shares
भैंसी गोठभित्र मृत बाघ फेला

 मकवानपुर ।  मकवानपुर स्थित मनहरी गाउँपालिकामा गोठभित्र  बाघ मृत फेला परेको छ । 

मनहरी गाउँपालिका–६ प्रतापुर बस्ने बलबहादुर राईको गोठमा बाघ मृत फेला परेको हो । आज बिहान सवा ३ बजे गोठमा बाँधेको भैंसी घाइते अवस्थामा र भैंसी नजिकै बाघ मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

भैंसीले हान्दा बाघको मृत्यु भएकोजस्तो देखिएपनि मृत्युको कारण एकिन भइसकेको छैन ।

घटनास्थल चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्दछ ।

505
Shares

ट्रेन्डिङ