सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

570
Shares
अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

काठमाडौँ :- अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । सोमबार बिहान सम्पन्न फाइनल खेलमा कोलम्बियालाई १-० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिकाको उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटको समयमा दुवै देशले कुनै गोल गर्न नसकेपछि ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । खेलको ११२औ मिनेटमा लाउतारो मार्टिनेजले गरेको गोल नै खेलको निर्णयाक गोल बनेको थियो ।

यस खेलमा घाइते भएपछि लियोनेल मेसी खेलको ६७औं मिनेटमा नै मैदानबाट बाहिरिएका थिए ।

अर्जेन्टिनाले लगातार दोस्रो पटक कोपा अमेरिकाको उपाधि जितेको छ भने अहिलेसम्म कुल सबैभन्दा बढी १६ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । अर्जेन्टिनापछि १५ पटक उरुग्वेले कोपा अमेरिकाको उपाधि जितेको छ ।

570
Shares

ट्रेन्डिङ