सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • अव आफू बसिरहेकै ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने

अव आफू बसिरहेकै ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने

4365
Shares
अव आफू बसिरहेकै ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने

 

निर्वाचन आयोगले भोलिदेखि आफू बसेको ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अब आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको बताउनुभएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अब ७७ जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र सबै इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको बताउनुभयो ।

आउँदो माघ १२ गते राष्ट्रिय सभाको चुनाव गर्न आयोगले तयारी गरिरहेको समेत उहाँले बताउनुभयो । यसैगरी अब उम्मेदवारी घोषणा गर्दा उम्मेदवारको सम्पत्ति विवरण लिने कानुन पनि आयोगले बनाएको छ ।

चुनावको बेला हरेक सात/सात दिनमा आम्दानी खर्च सार्वजनिक गर्नुपर्ने नियम बनाएको र यी कुरा हेर्नका लागि पालिकाको निर्वाचन हुँदा ७५३ ठाउँमा अनुगमन गर्ने समिति, प्रदेशको निर्वाचन हुँदा ३३० ठाउँमा, प्रतिनिधि सभाको निर्वाचन हुँदा १६५ ठाउँमा अनुगमन समितिको व्यवस्था गरिएको पनि आयोगले जनाएको छ ।

राष्ट्रिय सभाको चुनावमा भने खाता, सम्पत्ति विवरण लगायतका कुराहरु स्वयं आयोगले नै हेर्ने उहाँले बताउनुभयो ।

 

4365
Shares

ट्रेन्डिङ