सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • शिक्षकद्वारा विद्यार्थीमाथि निर्घात कुटपिट

शिक्षकद्वारा विद्यार्थीमाथि निर्घात कुटपिट

4380
Shares
शिक्षकद्वारा विद्यार्थीमाथि निर्घात कुटपिट

 

झापा : बिर्तामोड नगरपालिका–५ स्थित सुनगाभा इङ्लिस स्कुलका एक शिक्षकले विद्यार्थीलाई निर्घात कु ट पि ट गरेका छन्।

शिक्षक विकास पोखरेलले कक्षा ३ मा अध्ययनरत ९ वर्षीय अविरल तिम्सिनालाई बुधवार कक्षा कोठामा कु टपि ट गरेका हुन्। सरले पढाएको कुरा आफूलाई सोधेको र भन्न नसक्दा कुटेको तिम्सिनाले बताए।

उनका अनुसार सरले छडीले खुट्टा, ढाँड र गालामा थुप्रै पटक कु ट पि ट गरेका छन्। कु टा इबाट उनको खुट्टा नीलडाम बसेका छन्। शिक्षकले कु ट पि ट गरेपछि अभिभावकसहित स्थानीयवासी बिहीवार विद्यालय पुगेका थिए।

अभिभावकसहित स्थानीय विद्यालय पुग्नु अघि नै विद्यालयले शिक्षकलाई त्यहाँबाट भगाइसकेको उनीहरूले बताए। विद्यार्थीलाई कु ट पि ट गर्ने शिक्षकले माफी माग्नु पर्ने र त्यसपछि मात्र कानुनी का र बा ही अघि बढाउने उनीहरूको भनाई छ।

छोरालाई शिक्षकले खुट्टामा कुटेको दृश्य हेर्न नसकेको उनकी आमा अञ्जना तिम्सिनाले बताइन्। विद्यालयका प्रधानाध्यापक मिलन श्रेष्ठले विद्यालयमा उपस्थिति सञ्चारकर्मीलाई भिडियो तथा फोटो नखिच्न आग्रह गरेका थिए। उनले शिक्षकले गरेको गल्तीले विद्यालयको नाम लेखेर बदनाम नगराउन उनले आग्रह समेत गरे।

 

4380
Shares

ट्रेन्डिङ