सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • काभ्रेको पनैतीका १८ जना महिला स्वास्थ्य स्वयंसेविकालाई नगद सहित बिदाई

काभ्रेको पनैतीका १८ जना महिला स्वास्थ्य स्वयंसेविकालाई नगद सहित बिदाई

6925
Shares
काभ्रेको पनैतीका १८ जना महिला स्वास्थ्य स्वयंसेविकालाई नगद सहित बिदाई

 

काभ्रेको पनैती नगरपालिकाले नगरमा कार्यारत महिला सामुदायिक स्वास्थ्य स्वंयम सेविकालाई नगद सहित बिदाई गरेको छ ।

आज महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा नगरपालिकाले यो कार्यक्रम गरेको हो । स्वास्थ्य क्षेत्रमा सामुदायिक स्वास्थ्य स्वयंसेविकाले गरेको योगदान र उनीहरूको सम्मान गर्दै सेवा अवधि सकिएका १८ जना स्वास्थ्य स्वयंसेविकालाई नगर सहित बिदाई गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक पुरुषोतम तिमल्सीनाले जानकारी दिनुभयो ।

सेवा अवधि सकिएका स्वयंसेविकालाई सरकारले उपलब्ध गराउने २० हजार र त्यसमा नगरपालिकाले ३० हजार थपेर एकमुष्ट ५० हजार रुपौयाको चेक नगर प्रमुख भिम प्रसाद न्यौपानेले हस्तान्तरण गर्नुभएको थियो ।

यस्तै महिला स्वास्थ्य स्वयंसेविका नगर स्तरीय कोषले पनि बिदाई गरिएका प्रत्येकलाई ११ सय रुपौया उपलब्ध गराएको थियो । स्वास्थ्य शाखाका संयोजक तिमल्सीनाका अनुसार नगरपालिकाले हरेक वर्ष स्वास्थ्य क्षेत्रमा गरेको कामको आधारमा उत्कृष्ट स्वयंसेविकाको रुपमा पनि घोषणा गर्दै आएको छ ।

यो वर्ष पनि नगरपालिकाले उत्कृष्ट स्वयंसेविकाकको रुपमा १० जनालाई घोषणा गरेको छ । सरकारले प्रति महिला स्वास्थ्य स्वयंसेविकाका लागि वार्षिक पोशाक खर्च १० हजार, यातायात खर्च १२ हजार उपलब्ध गराउँदै आएको छ ।

 

6925
Shares

ट्रेन्डिङ