सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • छयासी वर्षको उमेरमा सगरमाथा चढ्दै

छयासी वर्षको उमेरमा सगरमाथा चढ्दै

3320
Shares
छयासी वर्षको उमेरमा सगरमाथा चढ्दै

विश्व कीर्तिमान कायम राख्न ८६ वर्षीय मीनबहादुर शेरचन सगरमाथा चढ्न लाग्नुभएको छ । ‘मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान’ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अभियानका संयोजक जीतबहादुर घर्तीमगरले हिमाल चढेर विश्व कीर्तिमान कायम राख्न शेरचन सगरमाथा आरोहण गर्न लाग्नुभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सन् २०१५ मा सगरमाथा आरोहण गर्न लाग्नुभएको थियो, त्यतिबेला भूकम्पले गर्दा जान सक्नुभएन अहिले अभियान नै बनाएर उहाँलाई सगरमाथा पठाउन लागेका छौँ ।”
आरोही शेरचनले विश्व शान्ति र पृथ्वी आमाको रक्षाका लागि आफू विश्वकै सर्वोच्च शिखर सगरमाथा जान लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “म बुढो भए पनि मेरो आँट बुढो भएको छैन म सगरमाथा चढेरै छाड्छु ।”
यसअघि शेरचनले ७६ वर्षको उमेरमा सन् २००८ मा सगरमाथा चढ्नुभएको थियो । उहाँलाई सगरमाथा आरोहण गर्नका लागि म्याग्दी प्रवासी नेपाली सङ्घ बेलायत, गैरआवासीय नेपाली सङ्घ बेलायत, थकाली समाज बेलायत, मगर समाज बेलायतलगायत सङ्घ संस्थाको सहयोग रहेको छ ।
सम्मेलनमा समाजशास्त्री प्राडा कृष्ण भट्टचनले वृद्ध उमेरमा पनि नेपाल र नेपालीको नाममा शेरचनले गरेको अठोटलाई सरकारले सहयोग र सम्मान गर्नुपर्ने बताउनुभयो । रासस

3320
Shares

ट्रेन्डिङ