सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • यात्रुवाहक बस दुर्घटना, कम्तीमा ९ जना घाइते

यात्रुवाहक बस दुर्घटना, कम्तीमा ९ जना घाइते

370
Shares
यात्रुवाहक बस दुर्घटना, कम्तीमा ९ जना घाइते

सुर्खेत । रुकुम पश्चिममा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ९ जना घाइते भएका छन् ।

काठमाडौँबाट रुकुमपश्चिम आठविसकोट नगरपालिका राडीतर्फ आउँदै प्रदेश ३–०१–००५ ख ९९६६ नम्बरको बस शनिबार आठविसकोटको रिठा नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परी ९ जना घाइते जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । बस सडकबाट अन्दाजी एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिए ।

उनका अनुसार घाइते सबैलाई उद्धार गरी उपचारको लागि नगर अस्पताल राडी लगिएको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

370
Shares

ट्रेन्डिङ