धुलिखेल २ जेठ : काभ्रेमा एकैदिन थपिए १९७ जना संक्रमित थपिए छन् । स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार आज एकैदिन १९७ जना संक्रमित थपिए हुन् ।
जिल्लामा आज ५३ जनाले कोरोना जितेका छन् । निको हुनेहरुमा होम आईसोलेसन र अस्पतालमा भर्ना भएका संक्रमित छन् । आज धुलिखेल अस्पतालमा उपचार गराईरहेका काभ्रेका दुई सहित ४ जनाको मृत्यु भएको छ ।