सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • व्यक्तिगत रुपमा धम्काउनु नाजायज काम

व्यक्तिगत रुपमा धम्काउनु नाजायज काम

4650
Shares
व्यक्तिगत रुपमा धम्काउनु नाजायज काम

-नारायण खड्का (मिथुकरम ३ नवलपरासी) हाल कतार
सत्य के हो ? “दिपकराज गिरीले मार्ने धम्की दिंदा कृष्णले गरे आत्महत्या ” यदि यो घटना साचो हो भने गिरिले चलचित्र समाज परिवर्तनको लागि नभई पैसाको लागि निर्माण गरेका हुन् र यिनी हास्य कलाकार वा चलचित्र निर्माताको रुपमा अपराधी हुन् |
यसो त चलचित्रको जुन रुपमा बाहिर नआउदै चर्चा-परिचर्चा थियो वास्तबमा चलचित्र सो-अनुरुपको होइन | उठान गर्न खोजियको बिषयबस्तु अनुसार कथा नमिलेको देखिन्छ | तर जे होस् चलचित्र ठिकै हो र सुपर-हिट बनेको छ|
कुनै पनि चलचित्रको चुवाहोट हुनु अवस्य राम्रो होइन, तर चुवाहोट गर्ने व्यक्तिलाई कानुनी उपचार गर्न सकिन्छ , भन्ने कुरा चलचित्र निर्मातालाई थाहा छदा छदै व्यक्तिगत रुपमा धम्काउनु नाजायज काम हो | र गल्ति जता बाट भएता पनि बाच्न पाउने आधारभूत अधिकारको हनन भयको छ |
सम्बन्धित निकायले चाडो भन्दा चाडो सत्य तथ्य पत्ता लगाई घटना सार्वजनिक गर्न सम्वन्धित निकायको ध्य्नाकर्सण गराउन चाहन्छु | र समाजमा अशान्ति को सनसनी मच्चाउने गतिविधिमा संग्लग्न उक्त दोषी पत्ता लगाई चाडो भन्दा चाडो (दोषीलाई) कार्यवाहीको दायरामा ल्याइयोस | अन्नेथा नेपाली चलचित्रले ठुलो मुल्य चुकाउने छ |
प्रतिक्रियाको लागि
[email protected]

4650
Shares

ट्रेन्डिङ