सबैको समाचार
शनिबार, अशोज १९, २०८१
  • होमपेज
  • हृदयेश त्रिपाठीले आज नयाँ पार्टी घोषणा गर्ने

हृदयेश त्रिपाठीले आज नयाँ पार्टी घोषणा गर्ने

3220
Shares
हृदयेश त्रिपाठीले आज नयाँ पार्टी घोषणा गर्ने

 

काठमाण्डौँ : पूर्वमन्त्री हृदयेश त्रिपाठीले नयाँ दल दर्ता गर्ने भएका छन् ।

उनले पार्टीको नाम जनता प्रगतिशील पार्टी राखेका छन् । आज काठमाडौंमा एउटा कार्यक्रम गरेर उनले नयाँ पार्टी गठनको घोषणा गर्दैछन् । उनको पार्टीमा अर्का सांसद वृजेशकुमार गुप्ता पनि रहने बताइएको छ ।

२०७४ को संसदीय निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्हमा उम्मेदवार बनेका त्रिपाठी प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । गुप्ताले पनि एमालेकै सूर्य चिन्हमा कपिलवस्तुबाट चुनाव जितेका थिए ।

यी दुबै जना कानुनी रूपमा एमाले सांसद भए पनि उनीहरू पार्टीका गतिविधि सक्रिय थिएनन् । उनीहरूले स्वतन्त्र राजनीतिक समूह बनाएर काम गरिरहेका थिए ।तत्कालनी तमलोपमा रहेका त्रिपाठीले २०७४ को चुनाव अगाडि सो पार्टी त्यागेका थिए ।

एमालेकै चुनाव चिन्हमा चुनाव जितेका त्रिपाठी एमालेमै सामेल हुने चर्चासमेत भएको थियो । तर, उनले आफ्नै नेतृत्वमा नयाँ दल स्थापना गर्न लागेका हुन् ।

3220
Shares

ट्रेन्डिङ