सबैको समाचार
बुधबार, असार ३, २०८३
  • होमपेज
  • एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

3800
Shares
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ३ चुन्टेघाट इलाकाबाट एपीएफ टोलीले माघ २४ गते विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोहि उपमहानगरपालिका ३ शान्तिनगर बस्ने २० वर्षिय राजेश मग्राती छन् ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट त्रिनगरबाट खटिएको एपीएफ टोलीले निज मग्रातीलाई जाँच गर्दा उनको साथबाट स्पामो ट्याब्लेट २५ वटा र नाईट्रोभेट ट्याब्लेट ४ वटा फेला पारेपछि उनलाई पक्राउ गरिएको हो ।
एपीएफ टोलीले पक्राउ परेका मग्रातीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल राजस्व एवं भन्सार सुरक्षा गुल्म विरगंजबाट खटिएको एपीएफ टोलीले पर्सा जिल्लाको विरगंज उपमहानगरपालिका १९ बाट करीव पाँच केजी चरेससहित भारतको कलकत्ता घर बताउने २५ वर्षिय एसके सदम हुसेनलाई पक्राउ गरेको छ ।
गस्तीमा खटिएको एपीएफ टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका निज हुसेनको साथमा उल्लेखित चरेस फेला पारेपछि उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका निजलाई एपीएफ टोलीले बरामद चरेससहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

3800
Shares

ट्रेन्डिङ