सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • रामचन्द्रको चियापानमा पुगे देउवा, कार्यकर्ताले गरे विरोध

रामचन्द्रको चियापानमा पुगे देउवा, कार्यकर्ताले गरे विरोध

3645
Shares
रामचन्द्रको चियापानमा पुगे देउवा, कार्यकर्ताले गरे विरोध

 

वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्ताका लागि बोलाएको चियापान कार्यक्रममा शेरबहादुर देउवा पुगेका छन्।

सभापतिका उम्मेदवारसमेत रहेका देउवा पौडेलले लैनचौर ब्याङकेटमा आयोजना गरेको कार्यक्रममा पुगेपछि कार्यकर्ताले विरोधसमेत गरे। ब्याङ्केटमा भेला भएका कार्यकर्ताहरूले सभापतिका उम्मेदवार शेखर कोइरालाको पक्षमा नाराबाजी गर्दै देउवालाई बोलाएकोमा वि रो ध गरेका थिए।

उनीहरूले ‘देउवासँग मिलेर पार्टीपंक्तिलाई धो का दिन खोजेको’ भन्दै पौडेलसँग आ क्रो शि त भएका थिए।

कार्यकर्ताले वि रो ध गरेपछि सम्बोधन गर्न मञ्चमा पुगेका पौडेलले तीन पटकसम्म कोसिस गरे पनि बोल्न पाएनन्। सभापतिका उम्मेदवार कोइरालाले भने कार्यकर्तालाई सम्बोधन गरेका थिए।

कार्यक्रममा देउवाले सम्बोधन गर्न पाएनन्। पहिलो चरणको निर्वाचनमा देउवा र कोइराला दुबैले ५० प्रतिशतभन्दा बढी मत नपाएकाले दोस्रो चरणको निर्वाचन हुँदैछ।

सभापति उठेर कम मत ल्याएका प्रकाशमान सिंह र विमलेन्द्र निधिले कसलाई सघाउँछन् उही सभापति निर्वाचित हुन्छन्।

3645
Shares

ट्रेन्डिङ