सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • बालकको लिंगमा रबर बाँधिदिने होस्टल वार्डेन प क्रा उ

बालकको लिंगमा रबर बाँधिदिने होस्टल वार्डेन प क्रा उ

4425
Shares
बालकको लिंगमा रबर बाँधिदिने होस्टल वार्डेन प क्रा उ

 

ओछ्यानमा पिसाब गरेको भन्दै ६ वर्षीय बालकको लिंगमा रबरले बाँधेर सजाय दिने पोखराको एक होस्टल वार्डेन प क्रा उ परेकी छन् ।

प क्रा उ पर्नेमा पोखरा महानगरपालिका–१५ स्थित न्यू लाइफ होस्टलकी वार्डेन २७ वर्षीया जानुका नेपाली छन् । उनले राति ओछ्यानमा पिसाब गरेको भन्दै सोमबार बिहान बालकको लिंगमा रबरले बाँधिदिएकी थिइन् ।

ती बालक नजिकैको सिद्ध स्कुलमा नर्सरीमा अध्ययनरत रहेको जिल्ला प्र ह री कार्यालय कास्कीले जनाएको छ ।

लामो समयसम्म यौ नांग बाँधिएका कारण असह्य भएपछि ती बालक कक्षा कोठामा चर्को स्वरमा रोएको र त्यसैबाट उनको यौनांग बाँधिएको खुल्न आएको थियो ।

स्कुलले थाहा पाउँदा बालकको पेट पनि फुलिसकेको स्कुल स्रोतले जानकारी दिएको छ । बालकको स्वास्थ्य जाँचका लागि अस्पताल पठाइएको तर, नतिजा नआइसकेको प्र ह रीले जनाएको छ ।

जिल्ला प्र ह री कार्यालय कास्कीका प्र ह री निरीक्षक दीपक केसीका अनुसार ती बालक डोल्पाबाट पढ्न पोखरा आएका हुन् । ‘उसको बुवा पहिले नै बित्नुभएको रहेछ, आमा उतै गाउँमा हुनुहुँदो रहेछ,’ उनले भने, ‘त्यही भएर उसलाई होस्टलमा राखेर पढाइएको रहेछ ।’

प क्रा उ परेकी नेपालीविरुद्ध बालबालिकाविरुद्धको कसुर मु द्दामा जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरेर अ नु सन्धान प्रक्रिया अघि बढाइएको प्र ह री निरीक्षक कास्कीले जानकारी दिएका छन् ।

हिमालयन गुडलाइफ, काठमाडौंद्वारा सञ्चालित उक्त होस्टलमा अभिभावक नभएका विद्यार्थी बस्दै आएका छन् । उक्त होस्टलमा ९ जनाले आश्रय लिइरहेको होस्टलकै एक कर्मचारीले जानकारी दिए । घ ट ना बाहिरिन नदिन होस्टल कर्मचारी र स्कुलबीच गो प्य सम्झौता पनि भएको थियो ।

प्राप्त उक्त लिखित सम्झौतामा आइन्दा यस्ता घ ट ना दोहोरिन नदिने प्रतिवद्धता होस्टल सञ्चालक राहुल नेपालीले गरेका छन् । सम्झौतामा भनिएको छ, ‘आइन्दा यस्तो घट ना दोहोरिएको पाइएमा जे कारबाही पनि भोग्न तयार भएको व्यहोरा जानकारी गराइन्छ ।’

उक्त सम्झौता पत्रमा स्कुलका सहायक प्रधानाध्यापक जुना थापा, होस्टल सञ्चालकद्वय राहुल नेपाली र गणेश परियार नर्सरी शिक्षक सिर्जना कँडेल, केजी शिक्षक सम्झौता गौतम, आरोपी जानुका नेपाली र उनका श्रीमान किसन नेपालीले हस्ताक्षर गरेका छन् ।

 

4425
Shares

ट्रेन्डिङ