सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • देशभर बढ्यो चिसो, कस्तो रहला आजको मौसम?

देशभर बढ्यो चिसो, कस्तो रहला आजको मौसम?

4320
Shares
देशभर बढ्यो चिसो, कस्तो रहला आजको मौसम?

 

काठमाडौं, १५ पुस : बुधबार देशका विभिन्न भूभागमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएसँगै चिसो बढेको छ।

हाल देशमा पश्चिमी न्यून चापिय प्रणाली र भारतको बिहार आसपसमा रहेको न्यून चापिय क्षेत्रको प्रभाव रहेको छ। जसले गर्दा मौसममा परिवर्तन आएको हो।

बुधबार दिनभर वर्षा भए पनि बिहीबार बिहानैदेखि भने केही स्थानमा वर्षा रोकिएको छ। तर, हाल देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भने वर्षा भैरहेको छ।

हाल उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानामा हल्का हिमपातसमेत भैरहेको छ।

बिहीबार दिउँसो थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यसैगरी राति भने अधिकांश स्थान आंशिक बदली रहने बताइएको छ।

 

4320
Shares

ट्रेन्डिङ