सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • सिमराको आकाशमा पाँचवटा विमान फन्को मारेको मार्‍यै

सिमराको आकाशमा पाँचवटा विमान फन्को मारेको मार्‍यै

3885
Shares
सिमराको आकाशमा पाँचवटा विमान फन्को मारेको मार्‍यै

 

काठमाडौं : बाक्लो हुस्सु र कुहिरोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा बाह्य उडान बन्द भएको छ।

भिजिबिलिटी अत्यन्तै कम भएपछि उडान र अवतरण दुबै बन्द भएको विमानस्थल टर्मिनल कार्यालयले जनाएको छ।

कुवेतबाट आएका जजिरा एयरलायन्सका दुईवटा विमान झण्डै दुई घण्टादेखि आकाशमै फन्को लगाइरहेका छन्।

कतारको दोहाबाट आइपुगेको हिमालय एयरलायन्स र कतार एयरवेजको विमान पनि अवतरणको पर्खाइमा आकाशमै फन्को मार्दैछन्।

अन्तर्राष्ट्रिय विमान उडान तथा अवतरणका लागि कम्तीमा २८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले भिजिबिलिटी एक सय मिटर हाराहारी मात्रै छ।

मौसमविद् समीर श्रेष्ठले अहिले हुस्सु र कुहिरो विस्तारै हट्ने क्रममा रहेको र अबको एक घण्टामा भने भिजिबिलिटी पुग्नसक्ने अनुमान गर्न सकिने बताए।

उनका अनुसार आन्तरिक विमान उड्न र अवतरण गर्न दुई किलोमिटर भिजिबिलिटी आवश्यक पर्छ। त्रिभुवन विमानस्थलबाट दैनिक ५० हाराहारी अन्तर्राष्ट्रिय र झण्डै ३ सय वटा आन्तरिक उडान हुने गर्दछ।

 

3885
Shares

ट्रेन्डिङ