सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • बेल्जियमका राजा समक्ष ओहोदाको प्रमाणपत्र पेश

बेल्जियमका राजा समक्ष ओहोदाको प्रमाणपत्र पेश

4030
Shares
बेल्जियमका राजा समक्ष ओहोदाको प्रमाणपत्र पेश

परराष्ट्र मन्त्रालयमा २७ बर्षको लामो अनुभवपछि बेल्जियमका लागि राजदूत नियुक्त भएका लोकबहादुर थापाले रोयल प्यालेस ब्रसेल्समा आयोजित एक विशेष समारोह बीच बेल्जियमका राजा समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
ओहदाको प्रमाणपत्र बुझ्ने क्रममा राजाले आफु युवराजधिराज हुँदा सन् १९९८ मा नेपाल भ्रमणको सम्झना गरेको दूताबासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राजा फिलिपेले आफूले भ्रमण गरेदेखि हालसम्म नेपालको राजनीतिक, आर्थिक लगायत सामाजिक सांस्कृतिक परिदृश्यका क्षेत्रमा भएको परिवर्तन बारे पनि चासो राखेको विज्ञप्तिमा जनाइएको छ ।
राजा फिलिपेले राजदूत थापालाई बधाई दिँदै दुई मुलुकबीचको द्विपक्षीय सम्वन्धलाई सुदृढ र सुमधुर बनाउन सक्षम हुने विश्वास व्यक्त गरेको दूतावासले जनाएको छ ।
बेल्जियममा राजदूत नियुक्त हुनुअघि पासपोर्ट शाखामा महानिर्देशकको रुपमा कार्यरत थापाले यसअघि चीन, साउदी अरब र अष्ट्रेलियाको मिसनमा समेत अनुभव बटुलेका छन् ।
यसअघि बेल्जियममा आयोजित स्वागत कार्यक्रममा नै राजदूत थापाले नेपालको बेल्जियम, नेदरल्याण्ड, लक्जम्बर्ग र युरोपियन युनियनसँगको सम्बन्धलाई अझै बलियो बनाउने प्रतिबद्दता जनाइसकेका छन् ।

4030
Shares

ट्रेन्डिङ