सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नारायणी उपक्षेत्रीय अस्पतालबाटै बच्चा गायब

नारायणी उपक्षेत्रीय अस्पतालबाटै बच्चा गायब

4410
Shares
नारायणी उपक्षेत्रीय अस्पतालबाटै बच्चा गायब

वीरगन्ज नारायणी उपक्षेत्रीय अस्पतालको प्रशुति गृहबाटै नवजात शिशु बेपत्ता बेपत्ता भएपछि अस्पतालमा तनाव भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज उपमहानगरपालिका १ की आशादेवी पासवान सुत्केरी व्यथा लागेर शुक्रबार बिहान अस्पताल पुगेकी थिइन् । बिहान सात बजे अस्पताल भर्ना भएकी आशादेवीले १०ः०० मा छोरालाई जन्म दिइन् ।
छोरा जन्मिएपछि अस्पतालले नर्सको सहायतामा प्रशुति कक्षबाट आशादेवीलाई छोरासहित गाइनो विभागमा पुर्याइयो । गाइनो वार्डमा राखेपछि आशादेवी र बच्चाको हेरचाहका लागि सासु रमावतीदेवी पासवान बसेकी थिइन् । दिउसो करिब ११ बजेको थियो । एक अधवैसे महिला रमावतीदेवीसँगै कुराकानी गर्दै बच्च खेलाउन थालिन् । उनले नै रमावतीदेवीलाई ५० रुपैयाँ दिएर दूध र पाउरोटी ल्याउनु बच्चालाई पाउरोटी र दूध खुवाउनु पर्छ भन्दै सुझाव दिइन् ।
आफ्नो नातीलाई उसैको जिम्मा लगाई हेर्छु भनेर बाहिर पठाइन् । दूध र पाउरोटी किन्न रमावतीदेवी बाहिर गएकै समयमा ति महिला बच्चा लिएर फरार भइन् । नर्स र डाक्टरको मिलोमतोमै बच्चा चोरी भएको आरोप अभिभावक र आफन्तले अस्पतालका लगाउँदै शुक्रबार दिउँसो अस्पताल परिसरमा प्रदर्शन गरेका छन् ।
अस्पतालका मेडिकल सुपरिडेन्डेन चित्तरञ्जन शाहले घटना दुःखद् भएको बताए । ‘यस्तो घटना यस अघि कहिल्यै भएको थिएन्, शाहले भने, ‘घटनाको अनुसन्धानमा प्रहरी प्रशासन र हामी लागि परेका छौँ ।’
शाहले अस्पताल प्रशासनको भन्दा पनि शिशु हराउनुमा अभिभावकको लापरबाही देखिएको आरोप लगाए । शाहले अभिभावकलाई दोष लगाए पनि अस्पतालमा राखिएका ७ वटा सिसी क्यामेरा सबै बिग्रिएको देखिएको छ ।
घटनाका बारेमा अनुसन्धान गर्न अस्पतालका चारजना नर्स, दुईजना पियन, दुईजना सफा गर्ने र दुईजना गेटपालेलाइ प्रहरी कार्यालयमा सोधपुछ गर्ने तयारी भइरहेको स्रोतले बतायो ।

4410
Shares

ट्रेन्डिङ