सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रे काँग्रेस मतगणना अपडेटः तीर्थ लामा समूहको अग्रता

काभ्रे काँग्रेस मतगणना अपडेटः तीर्थ लामा समूहको अग्रता

7010
Shares
काभ्रे काँग्रेस मतगणना अपडेटः तीर्थ लामा समूहको अग्रता

 

काभ्रे काँग्रेसको जारी मत गणनामा तीर्थ लामा समूहले आफ्नो अग्रता थप फराजिकलो पार्दे लगेको छ ।

हालसम्म कुल खसेको मत मध्ये कम्तिमा १ हजार मत गनिसक्दा लामाको समूहले आफ्नो अग्रतालाई कायमै राखेको हो । मत गणनाको सुरुदेखि नै लामाको समूहले अग्रता लिइरहेको थियो ।

जिल्लामा २५ सय ४४ प्रतिनिधिमा २४ सय ६७ मत खसेको थियो । बनेपाको एक पाटी प्यालेसमा मत गणना चलिरहेको छ । सदस्यहरूको मत गणना भैरहेको हो । सदस्यहरूको मत गणना सकिएपछि मात्रै पदाधिकारीहरूको सुरू हुनेछ ।

कार्यसमिति सदस्यमा पनि तीर्थ लामा समूहले एक लौटी जीत हासिल गर्न सक्ने आंकलन गरिएको छ । अहिलेको अग्रताले तीर्थ समूह निकै खुशी छ । मधु समूह भने निराश बनेको छ ।

जिल्ला कार्य समितिको सबै पदमा शिव हुमागाई र मुध आचार्य छुट्टा छुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् । सभापतिमा शिव समूहबाट तीर्थ लामा र मधु समूहबाट अच्युत प्रसाद पौडेल हुनुहुन्छ । पाटी प्यालेसभित्रको छुट्टा छुट्टै १० वटा ठाउँमा मतगणना भैरहेको छ ।

सुरक्षा ब्यवस्था अत्यन्तै कडा पारिएको छ । सशस्त्र र जनपथ प्र ह रीले सु र क्षा दिइरहेका छन् । पत्रकारलाई समाचार संकलनका लागि जान पासको ब्यवस्था गरिएको छ ।

निर्वाध रुपमा मत गणना स्थलभित्र पत्रकार प्रवेश गर्न पाउने अवस्था छैन् । मत गणना रातभरी पनि जारी रहनेछ । सम्भवतः भोली दिनभरमा अन्तिम मत परिणाम आइसक्ने बताइएको छ ।

 

7010
Shares

ट्रेन्डिङ