सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • विवाहभन्दा महँगो बने बलिउडका यी सम्बन्ध विच्छेद

विवाहभन्दा महँगो बने बलिउडका यी सम्बन्ध विच्छेद

3095
Shares
विवाहभन्दा महँगो बने बलिउडका यी सम्बन्ध विच्छेद

बिवाहलाई तामझामपूर्ण बनाउन छाती खोलेर खर्च गर्नुपर्छ । यद्यपी, यहिबाट जीवनको अर्को अध्याय सुरु हुने र नयाँ दाम्पत्य जीवन प्रारम्भ हुने भएकाले त्यस्ता खर्चको खासै हिसाब-किताब हुन्न ।
तर, जब बर्षौदेखि जोडिएको सम्बन्धमा दुई चिरा पर्छ र त्यसको लागि पनि गोजी रित्याउनु पर्छ भने त्यसको हिसाब-किताब नहुने कुरै भएन । जस्तो हालै दबंग ब्वाई सलमानका भाई अरबाजले भोगेका छन् ।
मलाइका अरोडासँग १८ बर्षअघि जोडेको सम्बन्धलाई हालै उनीहरुले औपचारिक रुपमा तोडेका छन् । अब दुबै अलग भएका छन् । मुम्बईको बान्द्रा फेमेली कोर्टले उनीहरुको सम्बन्ध विच्छेदमा मञ्जुरी दिएको हो । यसका लागि मलाइकाले भारु १५ करोड रुपैयाँ मागेकी छिन्, जसमा अरबाज राजी भएका छन् । एक बच्चाका आमाबुवा समेत भइसकेका अरबज-मलाइकाको विबाहभन्दा सम्बन्ध विच्छेद महंगो भएको छ ।
त्यसो त अरुपनि थुप्रै बलिउड स्टारको दशा यस्तै छ । लामो समय कायम रहेका उनीहरुको सम्बन्ध टुटेको छ । र, ति सम्बन्ध बिच्छेद निकै खर्चिलो साबित भएको छ । यसमा सैफअली खान र अमृतादेखि हृतिक-सुजैनसम्म छन् ।
हृतिक र सुजैन
अभिनेता हृतिक रोशन र सुजैन खानले जब अलग हुने निर्णय गरिन्, बलिउडमा सानोतिनो भूँइचालो गयो । सन् २००० मा उनीहरुले बिवाह गरेका थिए । हृतिकको अर्कै अभिनेत्रीसँग हिमचिम बढेपछि पैदा भएको कलहले सम्बन्ध बिच्छेदको मोडमा पुर्‍यायो । उनीहरुले सम्बन्ध बिच्छेद गष्रे । यसका लागि सुजैनले एलीमनीको रुपमा हृतिकसँग सुजैनले भारु चार सय करोड माग गरेकी थिइन् । आखिरमा तीन सय ८० करोड रुपैयाँ दिनु परेको थियो ।
सैफ अली खान र अमृता
अभिनेता सैफ अली खान अहिले करिना कपुरसँग दाम्पत्य जीवन बिताइरहेका छन् । उनीहरु एक सन्तानको आमाबुवासमेत भएका छन् । यद्यपी यसअघि सैफले अमृता सिंहसँग बिवाह गरेका थिए, १९९१ मा । तर, उनीहरुको दाम्पत्य लामो समय टिकेन । अन्ततः सैफ र अमृता अलग भए । यसका निम्ति सैफले ठूलै मूल्य चुकाउनु परेको बताइन्छ ।
करिश्मा-संजय
बलिउड अभिनेत्री करिष्मा कपुरले २००३ मा व्यवसायी संजय कपुरसँग बिवाह गरेका थिइन् । तर, उनीहरुको बिवाह सु्खद् रहेन । अन्ततः उनीहरु दुबै अलग भए । खबर अनुसार एलिमनीको रुपमा करिष्माले संजयसँग भारु ७ करोड रुपैयाँ मागेकी थिइन् ।
आमिर-रिना
अभिनेता आमिर खान र रीना दत्तले आफ्नो अभिभावकको मर्जी अनुसार १९८६ मा विवाह गरेका थिए । पछि उनीहरुको सम्बन्धमा खटपट आयो । सन् २००२ मा दुबै अलग भए । आमिरले एलिमनीको रुपमा ठूलो धनरासी खर्च गरेको बताइन्छ ।

3095
Shares

ट्रेन्डिङ