सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेबाट माओवादी केन्द्रको केन्द्रीय सदस्यमा तीन महिला, अटेनन् पुरुष

काभ्रेबाट माओवादी केन्द्रको केन्द्रीय सदस्यमा तीन महिला, अटेनन् पुरुष

6735
Shares
काभ्रेबाट माओवादी केन्द्रको केन्द्रीय सदस्यमा तीन महिला, अटेनन् पुरुष

काभ्रे : नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनमा काभ्रपलाञ्चोकबाट केन्द्रीय समितिमा तीनजना महिला निर्वाचित भएका छन्।

निर्वाचित हुनेहरुमा माओवादी केन्द्र काभ्रेका अध्यक्ष समेत रहेकी रुकु चौलागाईं, मीना तामाङ (रञ्जिता) र कमला दोङ (शान्ति) रहेका छन्। उनीहरु आरक्षण कोटाबाट केन्द्रीय सदस्य भएका हुन्। जसमा खस–आर्य महिलातर्फ चौलागाईं, जनजाति महिलातर्फ तामाङ र जनजाति युवा महिलातर्फबाट दोङ निर्वाचित भएका हुन्।

काभ्रेबाट तीन जना महिला केन्द्रीय सदस्यमा चयन हुँदा पुरुष भने अटाएनन्। यद्यपि‚ पूर्वऊर्जा राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज) भने मनोनीतमा पर्ने बताइएको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६३ सीट खाली राखेर खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका छन्। केन्द्रीय समिति २९९ सदस्यीय हुने व्यवस्था छ। त्यसैले बाँकी ६३ सदस्य भने केन्द्रीय समितिको बैठकले मनोनयन गर्ने कार्यतालिका छ।

6735
Shares

ट्रेन्डिङ